काठमाडौं : धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले वर्तमान अन्तरिम सरकारप्रति गम्भिर आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दैै उनले विदेशीले बनाएको सरकार कता हरायो ? भन्दै प्रश्न गरेका हुन् ।फेसबुकमा उनले लेखेका छन्–‘७४ जनालाई बलिचढाएर विदेशी दलालले बनाएको सरकार कता हरायो ?’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उक्त सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गसिकेको छ ।तर, जेनजीहरु भने आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij