काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाईंदै छ।उनलेले नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको नेपालसँगै भारतका विभिन्न भुभाग र नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ।
उनको जन्म विसं १९६६ साल कात्तिक औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गर्नुगरेका थिए। देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् । ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृतिका रुपमा रहेको छ ।
नेपाली साहित्यमा नयाँ प्रयोगसँगै एक मूर्धन्य साहित्यकारको छवि बनाउनु भएका देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत पर्नु भएको थियो । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षामन्त्री पनि बन्नुभएको थियो । अहिले उहाँ जन्मिएको घरलाई सरकारले संग्रहालयको रुपमा विकास गरेको छ ।
काठमाडौं ः परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएन.एफ.सिसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुग्नुभएको छ । भोलि नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले भोलि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उहाँले नोभेम्बर ११ र १२ अर्थात कात्तिक २५ र २६ गते आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउनुहुनेछ । सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनुहुनेछ । यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं ः अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा नेपालले आज युनाईटेड अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ।
खेल ओमानको अल अमेरातमा बिहान पौने ११ बजे सुरु हुनेछ । समूह ए मा रहेका नेपाल र युएई आज पहिलो जितको खोजीमा मैदान उत्रिन लागेका हुन्।
दुवै टोलीले आफ्नो पहिलो खेलमा पराजय भोगेका छन् । नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो भने युएई पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।
नेपालका लागि युएई सहज प्रतिद्वन्द्वी हो। नेपाल र युएईको अन्डर नाइन्टिन टोलीबीच भएका पछिल्ला ५ खेलमा नेपालले ४ खेल जितेको छ भने एउटा खेल डिएल मेथडका आधारमा युएईले जितेको छ।
नेपालले सेमिफाइनको सम्भावना जिवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपालले मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आजै समूह ए का भारत र पाकिस्तानबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij