Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

ओली र खनालबिच भेटवार्ता

ओली र खनालबिच भेटवार्ता

काठमाडौँ  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ। अध्यक्ष ओलीको निवास गुण्डुमा मंगलबार भएको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन्।एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेटवार्ता सकारात्मक भएको दाबी गर्दै खनालकै नेतृत्वमा एकीकृत समाजवादीको एक समूह एमालेमा फर्किने घोषणा हुने सम्भावना रहेको बताएका छन्। नेता बस्नेतका अनुसार नेतृ रामकुमारी झाँक्री, पूर्वसांसदहरू किसान श्रेष्ठ, अम्बरबहादुर थापा लगायतका नेता-कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा छन्।

यस समूहमा नेताहरू गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेता तथा कार्यकर्ताहरू पनि रहेको नेता बस्नेतले जानकारी दिएका छन्।यता, नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् । ‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ श्रेष्ठले भने ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट