Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

सरकारद्वारा १२ जिल्ला सिडिओ र कारागार विभागमा हेरफेर

सरकारद्वारा १२ जिल्ला सिडिओ र कारागार विभागमा हेरफेर

काठमाडौं : सरकारले विभिन्न १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ) र कारागार व्यवस्थापन विभागको नेतृत्वमा हेरफेर गरेको छ।

गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै हेरफेरको जानकारी दिएका छन्। यसअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरे नियुक्त भएका छन्।

सिडिओ हेरफेर अनुसार पर्वतको सिडिओमा लक्ष्मीप्रसाद पौडेल र खोटाङको सिडिओमा रेखा कँडेल जिम्मेवारी सम्हाल्नेछन्। अन्य जिल्लाका सिडिओहरूको विवरण पनि सूचनामा उल्लेख गरिएको छ।

सरकारी अधिकारीहरूका अनुसार यो हेरफेर प्रशासनिक सुधार र क्षेत्रीय विकास प्रभावकारी बनाउनको लागि गरिएको हो। 

Photoo-1766741484.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij