रसुवा : रसुवाको गोसाँईकुण्ड गाँउपालिका-६ स्थित मिनी गोसाँईकुण्ड क्षेत्रमा १०८ धारा निमार्ण गरिने भएको छ । तामाङ समुदाय रहेको धुन्चेमा धुन्चे युबा समाजको आयोजना तथा स्थानीयहरुको जन सहभागितामा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो । मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ ।
धारामा गोसाँईकुण्डबाट आएको त्रिशुली नदीकै पानीमा स्नान गर्ने व्यवस्था गरिने धुन्चे युबा समाजका सदस्य सन्तोष घलेले बताउनुभयो । करिव एकाउन्न लाख रुपैँयाको लागतमा १०८ वटा धारा निमार्ण कार्य सुरु गरिएको छ । तर हालसम्म सरकारी सहयोग छैन । यसका लागि स्थानीयकै आर्थिक सहयोगमा काम सुरुवात गरिएको घलेले बताउनुभयो ।
निमार्ण समपन्न नभएसम्म हरेक शनिबार स्थानीयहरुले श्रमदान गर्नुपर्नेछ । पबित्र तिर्थस्थल गोसाँकुण्ड पनि यहाँबाट जाने भएकाले यसको महत्व अझ बढि हुने विश्वास स्थानीयको छ ।
यसलाई नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको भनाइ छ ।।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij