चितवन : तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस आज चितवनमा बाजागाजासहित प्रभातफेरी गरेर मनाइएको छ।
नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र क्याम्पसका विद्यार्थीहरूको सहभागितामा पञ्चैबाजा र झाँकीसहित प्रभातफेरीमार्फत दिवस मनाइएको हो। देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक पुस १७ गते पोल्ट्री व्यवसायीहरूले यो दिवस मनाउने परम्परा छ।

प्रभातफेरी चितवन औद्योगिक प्रदर्शनी परिसरबाट सुरु भई चौबीसकोठी–हाकिमचोक–स्याउली बजार हुँदै पुनः प्रदर्शनी परिसरमा पुगेर समापन भएको थियो।
प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अध्यापक तथा विद्यार्थी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रवद्र्धन शाखाप्रमुख, विभिन्न सरकारी निकायका प्रतिनिधि, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल दाना उद्योग सङ्घ, नेपाल लेयर्स कुखुरापालक सङ्घ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सङ्घ, र चितवन–नवलपुर दाना वितरक सङ्घका प्रतिनिधिहरू सहभागी थिए।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij