बुटवल: कपिलवस्तुको मायादेवी गाउँपालिका–३ बर्सौलीमा सोमबार विद्यार्थी बोकेको स्कुल बस पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन्। सनलाइट इङ्लिस बोर्डिङको लु १ क ५७२२ नम्बरको बस फुलीकाबाट बगदीतर्फ आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
घाइतेमध्ये कपिलवस्तु–३ का १२ वर्षीय प्रान्सु पाल, १४ वर्षकी अनिता बराई, ११ वर्षीय विशेष थारु, ८ वर्षीय अमन यादव, ८ वर्षीय सुदिप यादव, टिकौलीका १० वर्षीय आईसा भट्टराई र १४ वर्षीय गुन्जा कहार रहेका छन्। उनीहरूलाई युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको छ। प्रहरीले चालक नियन्त्रणमा राखेर थप अनुसन्धान जारी रहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij