Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

वीरगञ्जमा कर्फ्यु थप निरन्तरता, तनाव नियन्त्रणका लागि सुरक्षा सतर्क

वीरगञ्जमा कर्फ्यु थप निरन्तरता, तनाव नियन्त्रणका लागि सुरक्षा सतर्क

मुस्लिम र हिन्दू समुदायबीच बढ्दो तनावका बीच प्रशासनको कडा कदम

वीरगञ्ज, पर्सा : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी कर्फ्यु आदेशलाई थप निरन्तरता दिएको छ। बिहान ८ बजेसम्म लागू रहेको कर्फ्यु दिउँसो १ बजेसम्म विस्तार गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार कर्फ्यु अवधिमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ। वीरगञ्जको अवस्था तनावपूर्ण बनेपछि शान्ति–सुरक्षा कायम गर्न कर्फ्यु आदेश जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले विज्ञप्ति जारी गर्दै कर्फ्युको समय थप गरिएको जानकारी दिएका छन्। विज्ञप्तिमा उल्लंघनकर्तामाथि कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

सीडीओ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

“कर्फ्युको समयमा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अनुरोध छ। यदि निस्कनै परेमा सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० मा फोन गरी जानकारी गराएर मात्र बाहिर निस्कनुहोला।”

611149509_2083942025714901_5242442281045744364_n-1767669489.jpg

वीरगञ्जमा केही दिनदेखि टिकटकमा पोस्ट गरिएको भिडियोलाई लिएर मुस्लिम र हिन्दू समुदायबीच तनाव बढ्दै गएको थियो। सोही तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सोमबारदेखि कर्फ्यु आदेश जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij