Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सर्वपक्षीय सहमतिपछि वीरगञ्जमा जारी कर्फ्यू हट्यो

सर्वपक्षीय सहमतिपछि वीरगञ्जमा जारी कर्फ्यू हट्यो

वीरगञ्ज : पर्साको वीरगञ्जमा केही दिनदेखि चलेको तनाव अन्त्य भएको छ । आज जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकमा दुई पक्षबीच यस्तो सहमति भएको हो । केहिदिन अघि हिन्दू र मुस्लिम समुदायबीच धनुषामा दुई समूहबीच झडपको स्थिति सिर्जना भएको थियो ।

धनुषाको तनावलाई लिएर वीरगञ्जमा समेत दुई समूहबीच तनाव बढ्दा पर्सा प्रशासनले सोमबारबाट निश्चित क्षेत्रमा कर्फ्यू समेत लगाएको थियो। आज साँझ ६ बजेसम्मका लागि कर्फ्यूको आदेश जारी गरिएकोमा सहमतिपछि हटाइएको छ ।

‘भविष्यमा हुनसक्ने धार्मिक, सामाजिक, सद्भावविरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरु एवं विभिन्न धार्मिक समुदायका अगुवाहरु रहने तपशील बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गरियो,’ सहमतिपछि जारी पत्रमा भनिएको छ ।

सहमति अनुसार स्थायी सद्भाव संयन्त्रमा हिन्दूका तर्फबाट रञ्जित शाह र रञ्जन सिंह तथा मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि र अलि असगर मदनी रहेका छन् । त्यस्तै  जिल्लास्थित राजनीतिक दलहरुको तर्फबाट एकएक जना प्रतिनिधिहरु रहनेछन् भने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षसहित नागरिक समाजको प्रतिनिधिहरु समेत रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij