Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भक्तपुरमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

भक्तपुरमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

भक्तपुर : भक्तपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने ३७ वर्षीय लनाम तामाङलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको हो।

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका लनामले ३८ वर्षीया श्रीमती लालमाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। सामान्य वादविवादका क्रममा लनामले सिलौटो प्रहार गर्दा लालमायाको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। घरायसी झगडाले उग्र रूप लिँदा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट