Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

काठमाडौँ महानगर प्रहरी प्रमुखमा जोशी

काठमाडौँ महानगर प्रहरी प्रमुखमा जोशी

काठमाडौँ :  काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका प्रमुख एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन् ।  यस अघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन् ।   

काठमाडौँ महानगरको विपद् व्यवस्थापन प्रमुख, मध्ये क्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालेका जोशी यस अघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले निलम्बन गर्दा पनि निमित्त भएर काम गरेका थिए । 

राजनीतिमा लाग्ने भन्दै महानगरको मेयर बालेन्द्र शाह (बालेन) सँगै पाण्डेले पनि हिजोको मितिबाट लागू हुनेगरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै जोशीले आजबाट औपचारिक रूपमा नगर प्रहरी प्रमुखको पद सम्हालेका हुन् ।  

उनले पदभार ग्रहण गर्दै नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल तथा निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट