Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

पर्सा जिल्ला अदालतमा एक  करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति लामिछाने

पर्सा जिल्ला अदालतमा एक  करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति लामिछाने


वीरगन्ज : रास्वपाका सभापति रवि लामिछाने  वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको मुद्दामा एक करोड रुपैयाँ धरौटी पर्सा जिल्ला अदालतमा बुझाएर रिहा भएका छन्। 

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले उक्त सहकारीको ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित लामिछानेसहित २९ जनाविरुद्ध गत जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो। साथै उनिविरुद्ध संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत सरकारी वकिलको कार्यालयले अदालत समक्ष माग गरेको थियो। 

त्यही मुद्दामा पर्सा जिल्ला अदालतमा न्यायाधीश रुद्र सुवेदीको इजलासमा मंगलबार थुनछेक बहस भएको थियो। बयान र थुनछेक बहसका लागि मंगलबार पर्सा जिल्ला अदालतमा लामिछाने स्वयं उपस्थित भएका थिए। सुवेदीको इजलासले थुनछेक बहसपछि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी रकम माग गरेको थियो। त्यसपछि उनि १ करोड रुपैयाँ रकमको प्रभु बैंकको ग्यारेन्टी बुझाएर मंगलबार नै रिहा भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए।  सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट