Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अदालतप्रति भरोसा, झापामा जनलहरको संकेत : रवि लामिछाने

अदालतप्रति भरोसा, झापामा जनलहरको संकेत : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालती प्रक्रियाप्रति पूर्ण सम्मान र विश्वास व्यक्त गरेका छन्। बुधबार चितवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूलाई पुराना राजनीतिक दल र राज्य संयन्त्रले अनावश्यक आरोप लगाएर मुद्दा चलाए पनि न्यायालयबाट न्याय पाउनेमा ढुक्क रहेको बताए।

“अदालती प्रक्रियालाई सम्मान र स्वीकार गर्नुपर्छ। अनावश्यक अभियोजनहरू भए पनि अदालतको विकल्प हामीसँग छैन,” उनले भने, “अदालतप्रति मैले सधैं सद्भाव राख्दै आएको छु।”

त्यस्तै, झापामा देखिएको जनलहरले निर्वाचन परिणामका लागि शुभ संकेत दिएको दाबी पनि उनले गरे। “झापामा जनलहरले शुभ संकेत देखाइसकेको छ। जनताले बोल्ने कुरा मैले बोलिरहनु पर्दैन,” उनले थपे।

सभापति लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्दै संयमित र मर्यादित ढंगले चुनावी प्रचारमा लाग्न निर्देशनसमेत दिएका छन्।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट