Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

चितवने संगीतकार तथा गायक मानन्धरको "जिउने बाचा" सार्वजनिक

चितवने संगीतकार तथा गायक मानन्धरको "जिउने बाचा" सार्वजनिक

चितवन : पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली “जिउने बाचा” गीत आज सार्वजनिक भएको छ ।

भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । गीतमा चितवनकै सर्जक रामु आचार्यको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा अजय श्रेष्ठ, सरिता बराल तथा टिकाराम शर्मा लामिछानेको अभिनय रहेको छ, कृष्ण प्रसाद देवकोटाको छायांकन रहेको गीतमा ड्रोन अपरेटर पुजन लामिछाने रहेका छन् ।

गीतमा रामु आचार्यको कथा, सम्पादन तथा निर्देशन रहेको छ । प्रेमी प्रेमिका बिचको माया साथै बिछोडका पलहरुलाई गीतमा कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ, चितवनको इच्छाकामना गाउँपालिकामा रहेको गर्दासमा गीतको छायांकन गरिएको गायक उदय मानन्धरले जानकारी दिएका छन्, गीतलाई सुनेर हेरेर प्रतिक्रिया दिनुहुन समेत श्रोता दर्शकलाई मानन्धरले अनुरोध गरेका छन् ।

https://youtu.be/Ql-LQBFGq1s?list=RDQl-LQBFGq1s

 

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट