Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्टता आवश्यक  आइजिपी अर्याल

आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्टता आवश्यक  आइजिपी अर्याल


काठमाडौँ :  सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालले आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्टता आवश्यक भएको बताएका छन् । सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवस तथा रजत महोत्सव समारोहमा उनले सो कुरा बताएका हुन् । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’

परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । 


२०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, मधेस आन्दोलन, सीमानामा हुने डकैती र बिपद्‌मा शान्ति कायम गरेर जिउधनको सुरक्षा गर्दै आएको अर्यालले बताए । उनले भने, ‘विपद्‌मा परेकाहरूलाई मृत्युको मुखबाट उद्धार गर्न सक्दा मात्र हाम्रो उपस्थिति सार्थक रहन्छ ।’ 

सीमा सुरक्षासँगै साम्प्रदायिक द्वन्द्व तथा आवाञ्छित गतिविधि नियन्त्रण गर्न सशस्त्र तयार रहेको अर्यालले बताए । सीमानामा विद्युतीय अभिलेख राख्न अपरिहार्य भएको उल्लेख गर्दै आईजी अर्यालले भने, ‘यसमा सरकारको चासो आवश्यक छ ।’ 

स्थापनाको २५ औँ वर्षमा सशस्त्रले अग्नि, जल र उच्च हिमाली क्षेत्रमा उद्धार गर्न सक्ने क्षमता बनाएको अर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट