Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

एमाले सचिव महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी, उम्मेदवारी खारेजीको माग

एमाले सचिव महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी, उम्मेदवारी खारेजीको माग

काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। शनिबार उनीविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपसहित उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी परेको हो।

जेनजी अभियानकर्ता अधिवक्ता अनिल कुमार साह, युवराज मुखिया लगायतका युवाहरूले महेश बस्नेतले निर्वाचन आचारसंहिता विपरीत मधेसी समुदायमाथि घृणास्पद तथा विभेदकारी अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर उजुरी दर्ता गराएका हुन्।

उजुरीकर्ताहरूले यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने र निर्वाचनको मर्यादाविपरीत हुने भन्दै आयोगले आवश्यक छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

यस विषयमा निर्वाचन आयोगले उजुरी अध्ययन गरी प्रक्रिया अगाडि बढाउने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij