Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

फागुन २१ पछि देशको प्रधानमन्त्री गगन थापा हो, कांग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाइली

फागुन २१ पछि देशको प्रधानमन्त्री गगन थापा हो, कांग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाइली

काठमाडौँ :  नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहमहामन्त्री रसाइलीले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हाँसिल गर्ने दाबी गरेका हुन् । उनले चुनावपछि गगन थापा देशको नयाँ प्रधानमन्त्री हुने दाबी गरे ।

उनले कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउँदै आन्तरिक समीकरणलाई मिलाउन पार्टीभित्रका समूहलाई सम्बोधन गरिएको बताए ।  अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नसक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गरे । उनले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्नेगरी अघि बढिरहेको पनि बताए ।

सहमहामन्त्री रसाइलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताए ।  फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताए ।

उनले निर्वाचनलाई बलियो बनाइ रुख चिह्नलाई बलियो बनाउने गरी आफूहरु अघि बढिरहेको दाबी गरे । निर्वाचन टिकटमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरु सबैले न्याय पाएको बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij