Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

नागढुङ्गाबाट साढे २ किलो चाँदीसहित पर्साका युवक पक्राउ

नागढुङ्गाबाट साढे २ किलो चाँदीसहित पर्साका युवक पक्राउ

काठमाडौँ :  वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसबाट प्रहरीले ठुलो परिमाणमा चाँदी जस्तो देखिने धातु बरामद गरेको छ ।चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टमा मंगलबार बिहान साढे ६ बजे गरिएको चेकजाँचका क्रममा १६ लाख ९० हजार रुपैयाँ बराबरको धातुसहित एक युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ घर भएका २५ वर्षीय किसन साह छन्। म.प्र. ०१–००१ ख ७७२१ नम्बरको यात्रुवाहक बसमा सवार उनले लुकाइछिपाई ल्याएको २ किलो ५०० ग्राम तौलको चाँदी जस्तो देखिने सेतो धातु प्रहरीले फेला पारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उक्त धातु बरामद गरेको हो । 
अवैध रूपमा ल्याइएको उक्त धातु र नियन्त्रणमा लिइएका साहमाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट