Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

बारामा आमा–छोराको हत्या, ३ जना घाइते

बारामा आमा–छोराको हत्या, ३ जना घाइते

जनकपुरधाम : बारामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या भएको छ । बुबासहित तीनजना घाइते भएका छन् । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो । बुवा जगरुक मण्डल गम्भीर घाइते छन् ।

एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए । घटना आज बिहान करिब ३ बजेको हो । घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

‘हामी अहिले घटनास्थलमा आएर अनुसन्धान सरु गरेका छौं । एकजना मान्छे राति घरभित्र पसेर अन्धाधुन्ध हतियार प्रहार गरेको भन्ने कुरा आएको छ’, एसपी कुँवरले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट