Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

चितवनमा निर्वाचन सुरक्षाको तयारी : करिब तीन हजार म्यादी प्रहरी परिचालन

चितवनमा निर्वाचन सुरक्षाको तयारी : करिब तीन हजार म्यादी प्रहरी परिचालन

चितवन : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन चितवनमा दुई हजार ७६६ जना म्यादी प्रहरी खटाइने भएको छ । म्यादी प्रहरी भर्नाका लागि तीन हजार ३५० जनाले आवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लिखित परीक्षा र अन्तर्वार्ताबाट वैकल्पिकसहित दुई हजार ९४० जनाको नामावली प्रकाशित गरिएको छ । यसमध्ये १ सय ७४ जना वैकल्पिक सूचीमा छन् । उनीहरूलाई माघ १८ गतेदेखि तालिम दिएर कार्यक्षेत्रमा परिचालन गरिने छ ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बल नेपालतर्फ ३२५ जना खटाइने छन् । जिल्ला प्रहरी कार्यालयसहित टाँडी, गीतानगर, भण्डारा, खैरहनी, चनौली, माडी, मुग्लिन, जुटपानी र नारायणगढका प्रहरी कार्यालयहरूमा म्यादी प्रहरीलाई तालिम दिने व्यवस्था मिलाइएको छ ।

माघ २५ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिनेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मातहतमा परिचालित उनीहरू एक महिनासम्म सेवा प्रदान गरी फागुन २५ गते बिदाइ गरिने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट