Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अख्तियारद्वारा पाँच जनाविरुद्ध आरोप पत्र दायर

अख्तियारद्वारा पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौँ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ ।अख्तियारले उनीहरू विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको जनाएको छ । बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तले भवन निर्माणको योजनामा आरोपितले सरकार एवं सार्वजनिक संस्था विद्यालयको सम्पत्ति हानि नोक्सानी, हिनामिना एवं दुरुपयोग गरी गैरकानुनी लाभ लिएको पुष्टि भएको हुँदा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij