Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो।

दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन्। निजको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनीहरू पोखराबाट दमौली आइरहेका थिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij