Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

राप्ती प्रतिष्ठानका उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राप्ती प्रतिष्ठानका उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङकी तत्कालीन उपकुलपति संगीतासिंह भण्डारीसहित १९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भण्डारी, कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक सागर भण्डारीलगायतलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

१२८ स्लाइस सिटीस्क्यान मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको आरोप उनीहरूलाई छ। अख्तियारले मुद्दा दर्ता भएका १९ जनासँग सात करोड २५ लाख २४ हजार ३० रुपैयाँ बिगो तथा सजाय माग गरेको छ। प्रतिष्ठानले २०७६ सालमा उक्त उपकरण खरिद गरेको थियो। प्राविधिक स्पेसिफिकेसनबिनै उपकरण खरिद गरी सरकारी सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको आरोप छ।

मुद्दा दायर भएका अन्य व्यक्तिमा डा. बोम बीसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल अमितकुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेल, शाखा अधिकृत झन्कार लामिछाने, लीलाकुमारी देवकोटा, मेघबहादुर अधिकारी, आईटी अफिसर हीरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह छन्।अख्तियारले आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक तथा उक्त कम्पनीका अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारलाई समेत मुद्दा दायर गरेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट