Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

६५ वर्ष पुगेपछि २५ प्रतिशत कैद छुट, टोपबहादुर रायमाझी कात्तिक २६ मा रिहा हुँदै

६५ वर्ष पुगेपछि २५ प्रतिशत कैद छुट, टोपबहादुर रायमाझी कात्तिक २६ मा रिहा हुँदै

काठमाडौँ :  नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी रिहा हुने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ । रायमाझीले ६५ वर्ष उमेर पुरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए । 

अदालतबाट संसोधित कैदीपुर्जी आएको डिल्लीबजारका जेलर बाबुराम अर्यालले रातोपाटीलाई बताए । उनले भने, ‘अदालतबाट संसोधित कैदीपुर्जी प्राप्त भएको छ ।’


संसोधित कैदी पुर्जी अनुसार रायमाझी कार्तिक २६ मा छुट्ने भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा  रायामाझी दोषी ठहर भएका थिए । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा ४ वर्ष कैद सजाय सुनाएको थियो । 


सुरुवाती फैसलामा चार वर्षको कैद सजाय तोकिए पनि रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा पाएका हुन् । उनी कार्तिक २५ मा ६५ वर्ष पूरा हुँदै छन् । ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट