Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

मुलपानी गोली काण्ड : जेनजी आन्दोलनमा चौकीबाट भागेका तामाङ ‘लुट आतंक’ मच्चाउने समूहका नाइके

मुलपानी गोली काण्ड : जेनजी आन्दोलनमा चौकीबाट भागेका तामाङ ‘लुट आतंक’ मच्चाउने समूहका नाइके

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार राती काठमाडौंको मूलपानीमा गोली नै चलाएर काठमाडौं उपत्यकामा रातिको समयमा लुट आतंक मच्चाउँदै आएको एक समूहलाई नै नियन्त्रणमा लिएको छ ।

एकै रातमा ४ वटासम्म लुटपाटमा संलग्न रहेका १० जना नै अपराधी भएको खुलिसकेको छ । उक्त समूहको मुख्य नाइके विनय तामाङ हुन् ।

प्रहरीले गोली प्रहार गरी नियन्त्रण लिएका १० जना उपत्यकामा २२ वटा लुटपाटका घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

काभ्रे स्थायी घर भएको तामाङ तिनै व्यक्ति हुन्, जो भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जको हिरासतमाबाट भागेका थिए । त्यतिबेला पनि उनी लुटपाट आरोपमै प्रक्राउ परेको प्रहरी स्रोत बताउँछ ।

उनीहरुले साँझको समयमा हिँड्ने महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए ।

आरोपीहरूले साह्रखुट्टेमा ४ वटा, बौद्ध क्षेत्र, महाराजगन्ज, गौशाला र भक्तपुरको थिमीमा लुटपाट गरेको अनुसन्धानका क्रममा खुलेको काठमाडौं प्रहरी स्रोत बताउँछ ।

बुधवार राति प्रहरीले गोली प्रहार गरेर उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा तामाङको दायाँ खुट्टामा गोली लागेको छ । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रक्राउ परेका १० जनालाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट