काठमाडौँ : देशका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रूपमा चोरीका घटनाहरू भएका छन्। काठमाडौँ र झापाका तीन छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्य बराबरको नगद तथा सुनचाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
काठमाडौँको डिल्लीबजारमा डेरा गरी बस्ने बाराका राजु पटेलको कोठाबाट बिहीबार दिउँसो करिब ३ लाख ९४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ। त्यसैगरी नागार्जुन नगरपालिका–४ मा बस्ने रामेछापकी अन्जु खुट्टेको डेराबाट पनि ३ लाख ५९ हजार रूपैयाँ बराबरको नगद र गरगहना चोरी भएको छ।
चोरीको अर्को ठूलो घटना झापाको अर्जुनधारा नगरपालिकामा भएको छ। अर्जुनधारा–९ कालिस्थानका नारद पोख्रेलको घरबाट बिहीबार राति करिब ८ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले पुष्टि गरेको छ। पोख्रेलको घरबाट नगदसहित सुन र चाँदीका विभिन्न गहनाहरू गायब पारिएका छन्।
हालसम्म चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको र शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij