बाँके : बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका–६ एच गाउँमा बस्दै आएका ३० वर्षीय अंगतराम अहिरलाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
खजुरा गाउँपालिका–७ घर भएका अहिरले ती किशोरीलाई ललाईफलाई गरी जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी सक्रिय भएको थियो। पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका अहिरमाथि जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij