Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

श्रीमती हत्या गर्ने तामाङले गरे प्रहरीसमक्ष आत्मसमर्पण

श्रीमती हत्या गर्ने तामाङले गरे प्रहरीसमक्ष आत्मसमर्पण

पाटन : ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद तामाङले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।जिल्ला प्रहरी ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार आज २३ वर्षीया कोपिला नेपाली र निजका श्रीमान् ३० वर्षीय विनोद तामाङबीच विवाद हुँदा श्रीमानले चिर्पटले हानी श्रीमतीको हत्या गरेको विनोद स्वयंले प्रहरी चौकी टिकाभैरवमा आइ जानकारी गराएका हुन्।

“दुवै जनाले मादक पदार्थ सेवन गरेको कुरा श्रीमान स्वयंले स्वीकार गरेका छन्, निज श्रीमान आफैँ प्रहरी चौकी टीकाभैरवमा आएर जानकारी गराएका हुन्,” उनले भने, “तत्पश्चात निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी टीकाभैरव र प्रहरी वृत्त चापागाउँको प्रहरी नायब उपरीक्षक शिला थापाको कमाण्डमा घटनास्थल अनुसन्धान टोली गई लास जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा भएको छ ।”

शव परीक्षणका लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अभियुक्त तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट