काठमाडौँ : भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बाट प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ५१ वर्षीय श्याम दमाई परियार छन् । उनलाई आइतबार प्रहरी चौकी चाँगुबाट खटिएको पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनकाे सिलसिलामा उनलाई पक्राउ गरिएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए । फरार प्रतिवादी परियारलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij