काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ।
विभिन्न राजनीतकि दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबनि गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानूनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट बिभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलहरूबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको नाम हटाएको जानकारी दिइएको हो।
आयोगले कांग्रेसबाट १ जना, एमालेबाट १ जना, नेपाली कम्युनस्टि पार्टीबाट ३ जना समानुपातकि उम्मेदवारको नाम हटाएको छ। आयोगले कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना तथा मतदाता नामावलीमा पीछडिएको क्षेत्रमा नरहेका २ जनाको नाम हटाइएको जनाएको छ।
आयोगले महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरूष उम्मेदवार पेस गरिएका कारण १ जनाको नाम हटाएको जनाकारी दिएको छ। यसैगरि सम्बन्धति राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ। विभिन्न कारणले अन्य २ जनाको नाम पनि सूचीबाट हटाइएको आयोगले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij