Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बीपी राजमार्ग वर्षाअघि नै सञ्चालन योग्य बनाउन मन्त्री चौलागाईंको निर्देशन

बीपी राजमार्ग वर्षाअघि नै सञ्चालन योग्य बनाउन मन्त्री चौलागाईंको निर्देशन

 भौतिक  पूर्वाधार तथा यातायातमन्त्री माधव प्रसाद चौलागाईंले बाढी–पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग निरीक्षण गरेका छन् । बिहीबार मन्त्री चौलागाईं, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा.विजय जैसीसहितको उच्च अधिकारीहरूको टोलीले बीपी राजमार्गअन्तर्गत भकुण्डेबेसी–नेपालथोक सडक खण्डको स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा मन्त्री चौलागाईंले निर्माण कम्पनीलाई कामको गति बढाउँदै तोकिएको समयमै गुणस्तरीय पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिए । साथै उनले आगामी वर्षायाम सुरु हुनुअगावै यातायात सञ्चालनमा सहजता ल्याउने गरी काम गर्न र आवश्यक समन्वय मिलाउन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् । गत वर्ष २०८१ असोज दोस्रो साता परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले यो राजमार्ग करिब २९ किमी क्षतिग्रस्त बनेको छ ।

साथै गत असोजको तेस्रो साता परेको अविरल वर्षाले पुनः क्षति पुगेको यो राजमार्ग अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । हाल स्थायी पुनर्निमाण पनि सुरु भइसकेको छ । करिब २९ किलोमिटर यो सडक चार प्याकेजमा विभाजन गरिएकोमा तीनवटा प्याकेजको ठेक्का लागेर दुई वर्षभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण सुरु भएको छ । एउटा प्याकेज जाइकाले पुनर्निर्माण गर्ने सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij