Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

सिरहा कारागरमा कैदीले गरे आगजनी र तोडफोड

सिरहा कारागरमा कैदीले गरे आगजनी र तोडफोड

सिरहा:  सिरहा कारागारमा नाइके पक्राउ परेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन्। 

प्रहरीका अनुसार कारागारभित्र अराजक गतिविधि भएपछि नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ।यादवलाई पक्राउ गरिएको विरोधमा उनका समर्थक कैदीबन्दीहरूले कारागारभित्र तोडफोड र आगजनी गर्दै आक्रोश प्रदर्शन गरेका थिए। 

यसैबीच कारागारभित्रबाट गोली र ठूलो परिमाणमा नगद रकमसमेत बरामद भएको प्रहरीले जनाएको छ।घटनापछि कारागार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट