Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बालाजु हाइटबाट ७ लाख मूल्य बराबरको गहना चोरी

बालाजु हाइटबाट ७ लाख मूल्य बराबरको गहना चोरी

काठमाडौँ : काठमाडौँ महानगरपालिका-१६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको छ। रुकुम मुसिकोट नगरपालिका-२ घर भई हाल बालाजु बस्ने २५ वर्षीया बिमला बिक नेपालीको कोठाबाट सुनका गरगहना चोरी भएको हो।

प्रहरीका अनुसार सोमबार दिउँसो कोठामा कोही नभएको मौका छोपी करिब ७ लाख ४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको हो। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij