Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै एमाले

निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै एमाले

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रतिनिधि सभाको निर्वाचन घोषणा पत्र लेखनका लागि सुझाव संकलन गरेको छ । पार्टीले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्न पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव लिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । कतिपय जनवर्गीय सङ्गठनले कार्यालयमा आएर र कसैले इमेलमार्फत एमालेलाई सुझाव पठाएका उनले बताए । 

'हामीले जनवर्गीय सङ्गठनलगायत क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणा पत्रका लागि सुझाव सङ्कलन गरिरहेका छौँ,' उनले भने, 'ती सुझाव सङ्कलनका आधारमा घोषणा पत्रको अन्तिम मस्यौदा बनाउँदै छौँ ।' फागुन पहिलो साता पार्टीको घोषणा पत्र सार्वजनिक गरिने सचिव डा. अधिकारीले बताए ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट