Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज सुनको मूल्य १० ग्रामको २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय २५ रुपैयाँले कम हो। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार आज चाँदी १० ग्रामको ४ हजार १ सय ६७ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट