Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

चितवन राष्ट्रिय निकुञ्जका निवर्तमान अध्यक्ष प्रकाश ढुङ्गानालाई प्रधान सेनापति प्रशंसा तक्मा

चितवन राष्ट्रिय निकुञ्जका निवर्तमान अध्यक्ष प्रकाश ढुङ्गानालाई प्रधान सेनापति प्रशंसा तक्मा

माडी, चितवन : नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै संरक्षणमा विशेष योगदान गरेको कदरस्वरुप चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रकाश ढुङ्गानाले प्रधान सेनापति प्रशंसा निशान (COAD Commendation Badge) प्राप्त गर्नुभएको छ।

अध्यक्ष ढुङ्गानालाई शिवरात्री पर्वका दिन नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा सो तक्मा प्रदान गरिएको हो।

नेपालमा मध्यवर्ती व्यवस्था लागु भएको अढाई दशकको अवधिमा, यो सम्मान पहिलोपटक एक जनालाई र हाल दोस्रो पटक माडी–१ का वडाअध्यक्ष लामा सहित निवर्तमान अध्यक्ष ढुङ्गानालाई प्राप्त भएको हो।

सेनाको प्रशस्ति पत्र (Citation) मा उल्लेख छ कि ढुङ्गानाले नेपाली सेनाको स्थायी ड्रोपिङ जोन प्राप्ति कार्यमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको रूपमा समन्वय र सहजिकरणको भूमिकामा उच्च योगदान पुर्‍याउनुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij