Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

 बुटवल : नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा  भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो ।

नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा  क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ । फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्द गरिएको सो पार्टीले जनाएको छ । बन्द आह्वान का कारण जिल्लाका शिक्षण संस्थाहरु बन्द भएका छन् । सवारी साधन चलेका छैनन् भने बजार पनि खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट