Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

आज सुन तोलामा नौ सय रुपैयाँले घटेर तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलामा ४ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा  ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट