Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

धनकुटाबाट २ सय ५ केजी गाँजासहित २ जना पक्राउ

धनकुटाबाट २ सय ५ केजी गाँजासहित २ जना पक्राउ

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवा स्थित जंगलबाट २ सय ५ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जंगल क्षेत्रमा लुकाइराखिएको अवस्थामा सेतो प्लास्टिकका बोरा भित्र गाँजा फेला पारेको हो। 

पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–७ गर्जुवाका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन्। जंगलमा लुकाइराखिएको १० वटा बोराबाट जम्मा २ सय ५ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्री ले जानकारी दिए। 

बरामद गरिएको गाँजा तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट