Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

स्वास्थ्य मन्त्रालयद्वारा जेन–जी विद्रोहका घाइतेहरूको अन्तिम नामावली प्रकाशनका लागि १५ दिने सूचना

स्वास्थ्य मन्त्रालयद्वारा जेन–जी विद्रोहका घाइतेहरूको अन्तिम नामावली प्रकाशनका लागि १५ दिने सूचना

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन–जी विद्रोहका घाइते व्यक्तिहरूको सूचीकरण र वर्गीकरण/पुनर्वर्गीकरण कार्यलाई अन्तिम रूप दिन १५ दिने सूचना प्रकाशित गरेको छ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयको पत्र संख्या ०८२/८३, च.नं. १११ मार्फत प्राप्त निर्णयअनुसार २३ माघमा बसेको ‘जेन–जी विद्रोहका घाइतेहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समन्वय समितिको बैठक’को निर्णय नं. २ कार्यान्वयनका लागि १५ दिने अन्तिम म्याद तोकिएको हो।

निर्णयअनुसार अब फागुन १ देखि १५ सम्म विधिपूर्वक प्राप्त हुने निवेदनहरूको छानबिन गरी घाइतेहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ। मन्त्रालयले जेन–जी विद्रोहका क्रममा उपचार गरिएका, तर हालसम्म सूचीमा समावेश हुन छुटेका घाइतेहरूको विवरण सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई अनिवार्य रूपमा पठाउन आग्रह गरेको छ।

तपाईंले विवरण heocmohp@gmail.com वा prabakta@mohp.gov.np मा मिति १५ फागुनभित्र पठाउनु पर्नेछ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ले सूचनामा समयसीमा भित्र प्राप्त विवरणका आधारमा अन्तिम नामावली प्रकाशन गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij