Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

समाजको सेवामा सधै लागे अब देश र जनतामा समर्पित हुन चाहन्छु : मीना खरेल

समाजको सेवामा सधै लागे अब देश र जनतामा समर्पित हुन चाहन्छु : मीना खरेल

चितवन : आसन्न प्रतीनिधि सभामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्धार मीना खरेलले आफ्नो जीवन सधै भरी समाजका लागि सुम्पिएको बताउनुभएको छ ।

लामो समय सामाजिक काममा रहेर अहिले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्धार बन्नु भएकी खरेलले आज यहाँ पत्रकारहरुसंगको भेटघाटका क्रममा उहाँले अबको जीवन देश र जनताका लागि समर्पित गर्न आफु प्रतिर्शप्रधामा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो “अहिले सम्म असाहायको काम गरे अब देश र जनाको लागि समर्पित भएर काम गर्न चाहान्छु ।” अहिले देशको बिषम परिस्थितिमा जनतको घरदैलोमा पुग्न सक्ने एक मात्र उम्मेद्धार आँफु भएको भन्दै उहाँले जनताका प्रतिनिधि भेट्न चुनाब कुर्नुपनै अबस्था आउन नदिने बिश्वाश व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरुको प्रश्नमा जवाफ दिदै उहाँले भन्नुभयो “अब जनताले आफ्नो प्रतिनिधि खोज्दै हिड्नु पर्ने अबस्था आउने छैन ।” उहाँले थप्नुभयो “समाजको काममा नथाकेको म अब देशको काममा थाक्छु भन्ने छैन ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट