Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

गुण्डुको जंगलमा एक पुरुष मृत फेला

गुण्डुको जंगलमा एक पुरुष मृत फेला

काठमाडौँ :  भक्तपुरको गुण्डु स्थित जंगलमा एक जना पुरुष मृत भेटिएका छन् । सुर्यबिनायक नगरपालिका–७ गुण्डु स्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सुर्य खड्काले रातोपाटीलाई बताए ।
कटुन्जे बस्दै आएका थापा सोमबार घरबाट निस्केपछि परिवारको सम्पर्कमा थिएनन् । घटनास्थल नजिकै उनले प्रयोग गर्दै आएको बिएडी–६७४० नम्बरको कार र मोबाइल भेटिएको छ । उनी बैंकका कर्मचारी हुन् ।घरबाट कार्यालय जान्छु भनेर निस्केका थापा सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासको लागी निवेदन दिएका थिए । प्रारम्भिक अनुसन्धानबाट उनले विष सेवन गरेको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij