Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद गुम्यो

कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद गुम्यो

 काठमाडौँ :  कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज भएको छ। कर्णाली प्रदेश सभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेश सभा सदस्य पदबाट हटाइएको जानकारी गराएको हो।

शर्मा प्रगतिशिल लोकतान्त्रिक पार्टीमा लागेपछि नेपाली कम्प्युनिस्ट पार्टीले सांसदबाट हटाउन माग गर्दै पत्र लेखेको थियो। संसद् सचिवालयले पत्रपश्चात बुधबार शर्मालाई सांसद पदबाट हटाएको जानकारी गराएको हो।४० सदस्यीय कर्णाली प्रदेश सभामा अब ३९ सदस्य कायम भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट