Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

लमजुङका सिडिओ निलम्बित

लमजुङका सिडिओ निलम्बित

पोखरा : लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ३२ जनाविरुद्ध सवारी दर्ता प्रकरणमा विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।
ढुङ्गाना गत पुस १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा कार्यरत छन् । उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगको दाबी छ ।

आयोगका अनुसार यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा नेपाल ल्याइएका ‘ब्रेजा’ सवारीलाई सरकारी अभिलेखमा प्रविष्ट गरी वैध बनाइएको पुष्टि भएको आयोगले जनाएको छ ।आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९९२० बमोजिम ढुंगानामाथि कैद र जरिवानाको मागदाबी गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट