Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

मदिरा विक्री वितरणमा रोक, आयोगको सुक्ष्म निगरानी

मदिरा विक्री वितरणमा रोक, आयोगको सुक्ष्म निगरानी

काठमाडाैँ : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर मदिरा विक्री वितरणमा प्रतिवन्ध लगाइएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले शुक्रवारदेखि मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

आयोगले प्रतिवन्धको कार्यान्वयन भए-नभएको बारेमा सुक्ष्म अनुगमन गर्ने पनि जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन १५ गतेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मको लागि मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध लगाइएको जानकारी दिए ।

निर्वाचनको अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको हो । तोकिएको अवधिमा मदिरा विक्री–वितरण वा सेवन गरेको पाइए प्रचलित कानूनअनुसार कारबाही गरिने उनले जानकारी दिए ।

आयोगले सम्पूर्ण मतदाता, व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा सुरक्षा निकायलाई निर्वाचन अवधिभर आचारसंहिताको पालन गरि सहयोग गर्न आग्रह गरेको छ । निर्वाचनसँग संवद्ध सबै पक्षले आ–आफ्नो जिम्मेवारी निर्वाह गरी मर्यादित र अनुशासित वातावरणमा मतदान सम्पन्न गर्नुपर्नेमा आयोगले जोड दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij