प्यूठान : प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रचारमा प्रयोग भएको गाडी दुर्घटनामा पर्दा चार जना घाइते भएका छन्।
प्यूठान नगरपालिका–बाग्दुला नजिकै लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। घाइतेहरूमा जीवन बिश्वकर्मा (२०), रेशम खड्का (२१), दीपक पोख्रेल (२६) र सुजता भण्डारी (२५) रहेका छन्। उनीहरूलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
रास्वपाले भने उक्त गाडी प्रचार–प्रसारमा प्रयोग नभएको जानकारी दिएको छ। जिल्ला कमिटीले जारी गरेको विज्ञप्तिमा गाडीमा केवल पोस्टर टांगिएको उल्लेख गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij