Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

 बुटवल :  रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा देवदह ७ निवासी २८ बर्षिय सुनिल पाण्डे रहेको देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिए ।बुटवलबाट काठमाडौं जाँदै गरेको लुप्र०१-००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि देवदह–५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । राति साढे १० बजे बसले स्कुटरलाई ठक्कर दिएको र तत्काल उद्धार गरी पाण्डे र पाइजा दुवैजनालाई अस्पताल पुर्‍याए पनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट