Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

कैलाली कारागारका २६ कैदीबन्दीले गरे मतदान

कैलाली कारागारका २६ कैदीबन्दीले गरे मतदान

धनगढी : कैलाली कारागारमा रहेका २६ कैदीबन्दीले मतदान गरेका छन्।

मतदान अधिकृत शिवराज जोशीले कारागारमा रहेका ३० कैदीबन्दीमध्ये २६ जनाले समानुपातिक मत खसालेका हुन्।

कारागारमा आश्रितमध्ये ३० कैदीबन्दीको मतदाता नामावलीमा नाम समावेश थियो। उनीहरूमध्ये तीनजना योबीचमै छुटिसकेका र एकजना कञ्चनपुर सरुवा भएकाले चार मत नखसेको जोशीले बताए। कैलाली कारागारमा कुल ५१२ कैदीबन्दी आश्रित छन्। कैदीबन्दीलाई मतदान गर्न कारागारमै अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij