शक्तिखोर : चितवनको कालिकामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शनिबार) साँझ ५ बजे उपर्दाङगढीबाट शक्तिखोर तर्फ जाँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो कालिका नगरपालिका ९ स्थित भित्री सडक दर्ब्यटारमा अनियन्त्रित भइ पल्टिदाँ राप्ती नगरपालिका ९ बस्ने अटो चालक वर्ष ३९ को पुर्ण बि.क, अटोमा सवार वर्ष २२ कि बिनि तामाङ, वर्ष ५५ का तिलक तामाङ र राप्ती ८ की विष्णु कुमारी तामाङको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका चारै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविन्द्र खनालले जनाकारी दिनुभयो । दुर्घटनामा परि घाइते भएकी राप्ति ९ बस्ने वर्ष ५३ कि चिनि कुमारी गुरुङको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij