Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

दुर्गा प्रसाईंको बी एन्ड सी हस्पिटलको व्यापार एक अर्ब ३९ करोड, चार अर्ब बढी ऋण

दुर्गा प्रसाईंको बी एन्ड सी हस्पिटलको व्यापार एक अर्ब ३९ करोड, चार अर्ब बढी ऋण

काठमाडौं : विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालन गरिरहेको बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलकको व्यापारमा चमक आएको छ। एक वर्षमा बी एन्ड सी मेडिकल कलेजको व्यापार ४४.३४ प्रतिशत बढेर एक अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। सन् २०२४ मा बी एन्ड सीले ९६ करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो। एक वर्षमा हस्पिटलको व्यापार ४२ करोड ७० लाख रुपैयाँ बढेको रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

सन् २०२६ को पहिलो त्रैमाशका बी एन्ड सीले ७० करोड बढी व्यापार गरेको छ। २०२३ मा ८१ करोड ५० लाख रुपैयाँ व्यापार गरेको थियो। सरकारबाट मेडिकल कलेज सञ्चालन स्वीकृति पाएपछि बी एन्ड सीको कारोबार बढेको हो। बी एन सीको ऋण चार अर्ब चार करोड ७६ लाख रुपैयाँ छ। पहिला तीन अर्ब ४६ करोड ९१ लाख रुपैयाँ थियो। गत वर्ष ऋण बढेको वित्तीय विवरणमा उल्लेख छ।

सुनसरीको इनरुवामा बी एन्डसीले सुपर स्पेसियालिटी हस्पिटल बनाइरहेको छ । सन २०११ मा प्रसाईंले बी एन्ड सी मेडिकल कलेज स्थापना गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट